घरमा आगलागी हुँदा चारको मृत्यु मनमा दया मया भए फोटोलाई छोएर RIP लेख्नुहोस

जुम्लाको तीला गाउँपालिका वडा नं. ३ सार्कीबाडा शुक्रबार राति भएको आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। स्थानीय मानसिंह सार्कीको घरमा राति साढे ११ बजेतिर आगलागी भएको थियो।

आगलागीमा परेर एकै घरका तीनसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रीकाअनुसार मृत्यु हुनेमा १४ वर्षकी तिर्सना सार्की, ११ वर्षकी अनु सार्की, तीन की वर्षीया दर्शना सार्की र एक वर्षका दिपेश सार्की रहेका छन्। मृत्यु हुने तीन जना मानसिंहका छोराछोरी हुन् भने १४ वर्षीया तिर्सना मानसिंहकी भान्जी हुन्। उनी बुधबार मात्रै मामा घर आएकी थिइन्।

मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण अस्पताल जुम्लामा ल्याएको छ। आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

आगलागीमा परेर मानसिंह, उनकी श्रीमती फागुनी र बहिनी रुन्चकली बेहोस छन्। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। आगो निभाउन सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियाे

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post