आज (मंगलबार) पनि घट्यो सुनको मूल्य हेर्नुहोस तोलाको कती

नपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि मूल्य घटेको जानकारी दिएको हो ।

हिजो तोलामा ३०० ले घटेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै, सो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post