राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकाे भन्दै नेविसङ्घद्वारा प्रदर्शन भयो हानाहान

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कां ग्रेसनिकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । 

नेविसङ्घले बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो ।राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसङ्घ कार्यकर्ताले पनि ढुङ्गा प्रहार गरेका थिए ।नेविसङ्घले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घण्टाघर आस पासको क्षेत्रमा केहीबेर गाडीको आवागमन रोकिएको थियो ।

यो पनि,,चुरीफुरी धेरै टिक्दैन, मंसिर ४ गते एमालेलाई कुचो लगाएर बडार्ने हो: गगन थापासत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।

भक्तपुरको सूर्यबिनायक नगरपा लिका वडा नम्बर ७ गुण्डुमा आयोजितकार्यक्रममा बोल्दै थापाले एमालेलाई अब हुने चुनावमा एमालेलाई हराउने बताए।

यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बडार्ने हो।बडार्दा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो,’ उनले भने।उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post