परिक्षा प्रकाशित भयो, कर्णाली प्रदेशकै पहिलो भए तर रिजल्ट हेर्न बेलामा उनी अस्ताइसकेका थिए

मिति २०७९/०२/२७ गते जाजरकोट नागरिकता बनाउन जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाएका विधार्थी देव दर्शन सिंहले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा उषा बालबाटिका बाट कर्णाली प्रदेशमै विज्ञान संकाय

(जीव विज्ञान समूह) तर्फ उत्कृष्ट GPA ३.७० ल्याई कर्णाली प्रदेशमै प्रथम बनेका छन् । उक्त दुर्घटनामा ज्यान गुमाउने बिद्यार्थी देबदर्शन सिंह र देवदर्शन कि आमा सहित अन्य रहेका थिए ।

लगभग ३ बर्ष देखि यता कोरोना महामारीका कारण विद्यार्थीहरूको पठन पाठन अस्त व्यस्त हुँदा बाध्यात्मक परिस्थितिले गर्दा ३ बर्ष देखि नै कक्षा १२ को बोर्ड परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राखी सम्पन्न भएका थिए।

तर कोरोनाको प्रभाव कम भए संगै यो वर्ष भने कक्षा १२ को बोर्ड परीक्षा, परीक्षा केन्द्र कायम गरी मर्यादित र व्यवस्थित ढंगले सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post