खतरनाक एक महिला आठ वर्षपछि पक्राउ

लागूऔषध मुद्दामा आठ वर्षदेखि फरार रहेकी जाजर कोटकी एक महिला पक्राउ परेकी छिन्। जिल्ला को नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध चरेश मुद्दामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको थियो। तर उनी फरार हुँदै आएकी थिइन्।

गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकिछिपीबसेको अवस्थामा फेला पारेको थियो।पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतबार नै अदालतको आदेशमा कारागार चलान गरिए को जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post