१० बर्ष अघि बुबा बिते ११ वर्षको हुँदा आमाकाे मृत्युपछि यसरी दागबत्ती दिँदै नाबालक छोरा

आमाको मृत्यु भयो। उनी बिरामी रहदा उनको एकमात्र कुरुवा उनिकै कान्छा छोरा ११ वर्षीय  परियार थिए ।

बुबाको करिब १० वर्ष अघि निधन भएको र उनका ४ दाजुहरु भएता पनि सबैजना सम्पर्क बिहिन रहेको बताउथे ।अामाकाे मृत्युपछि उलाई प्रहरीकै सहयोगमा अनाथ बालबालिकाहरु हेरचाह गर्थे 

आफ्नी आमाको शवको परम्परा अनुसार सदगद गर्ने इच्छा रहेको सुनाउथे। इच्छा पूरा गर्न, दाहसस्कार गर्न, सामाजिक व्यक्तित्व, समाजसेवि, जहाँ दुख हुन्छ त्यहा मलम बनेर उभिनुहुने टाडि निवासि अादरणिय दाजु रामकुमार ज्युले रु ११,००० रुपैयाँ सहयाेग गर्नुभयाे, उहाप्रति सम्मान प्रकट गर्दछौं ।

छाेरा गणेश आफ्नो इच्छा अनुसार आफ्नी आमाको सदगद गर्न पाउदा खुसी देखिन्थे ।गणेश उमेरले सानो भएता पनि उनले आफ्नी आमाको उपचारमा लगाएको मेहनतले महान थिए । गणेशले हामीलाई धेरै कुराको बोध गराए । ११ वर्षीय भएपनी गणेश निकै टाठा थिए ।

अन्त्यमा यस कार्यमा सहयोग गर्नुहुने हाम्रो सक्षम नेपाल अभियानका साथिहरु दिपक घिमिरे, प्रकाश थापा, सामाजिक अभियान्ताहरु सबिना कडेल, भरतपुर ब्लड बैंकका साथिहरु राजेश खनाल, बिनिता गाैतम, निराजन सिल्वाल, देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढलाल सर, भरतपुर अस्पतालका प्रहरीहरु एवम् अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछु ।

साथै स्व. गिता परियारको स्वर्गवास तथा उनका ११ वर्षीय छोरा गणेशको उज्ज्वल भविस्यको कामना गर्दछु ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post