धनगढी बिमानस्थलमा कुटिए वैदेशिक रोजगारीमा जान लागेका युवा

धनगढी बिमानस्थलमा वैदेशिक रोजगारीमा जान लागेका युवा कुटिएका छन् । वैदेशिक रोजगारीमा जान काठमाडौ जाँदै गरेका एक युवक धनगढी बिमानस्थलमा प्रहरीबाट कुटिएका छन् ।

शनिबार श्री एयरलाइन्सको १२ बजेको फ्लाइटबाट काठमाडौ जाँदै गरेका कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपिट गरेको हो । उनको आँखामा चोट लागेको छ ।काठमाडौ जाँदै गरेका गिरीको साथमा रहेको पाँच लाख रुपैयाँ लैजान नपाउने भन्दै एयरपोर्टमा रहेका प्रहरीले कुटपिट गरेको गिरीले आरोप लगाएका छन् ।

एयरपोर्ट डिउटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले गिरीलाई कुटपिट गरेका हुन्। त्यसपछि अरु प्रहरीले पनि कुटपिट गरेको उनले बताए । मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपिट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो।

उनले भने, कुटेको कुरा भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।उनले आफूले कुनै गालीगलौज नगरेको भन्दै प्रहरीलाई गाली गरेको भनेर कुटेको बताए । मैले गाली गरेको छैन, सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ ।

उनले भने ।पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउँदा बोलाउँदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपिट गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई पनि कुट्न नपाइने बताउँदै सो बारे जानकारी लिइरहेको बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post