
रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३।
बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् ।लु।४१ प ४१६८ र लु।४८ प ३२४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
त्यसपछि लु।४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनः लु।१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किन पुगेको थियो ।दुर्घटनामा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बझाङको केदारस्युँ गाउँपालिका–१ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यृ भएको छ ।
मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडा रहेका छन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१५ ब्रमचोकमा ना.७ ख १८३७ नम्बरको बसले ना.४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय तुल्सी साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।