
गाडी धोइपखाली घरभित्र छिरेर कपडा फेर्न नपाउँदै चोरी भयो,’ घटनास्थलमा भेटिएका अधिकारीले भने,‘ गाडी यहाँ ल्याएर दुर्घटना गराएछ ।
प्रहरीका अनुसार को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो ।ट्राफिक प्रहरी कार्कीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ भने सुमो लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चोरी गरी भाग्दै गरेका अशोक चौधरी रहेका छन् । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।
टाटा सुमो विराटनगर-३ भट्ट चोकका चन्द्र अधिकारीले सञ्चालन गर्छन् । उनले दिउँसो घर अगाडि पार्किङ गरे लगतै चोरी भएको थियो ।प्रहरी समक्ष गाडीमै चाबी देखेपछि लिएर हिडेको बताएका उनले आफ्नो नाम पनि फेरिरहेका छन् ।प्रहरीका अनुसार चौधरी पटके चोर हुन् ।
यसअघि पनि प्रहरीले चोरीको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरी कारवाही गरेको थियो ।