कुखुरा खोरमा गएका यमबहादुरलाई जब चितुवाले झम्टि’यो, चितुवालाई लडेरै मा’रे

गुल्मीमा मानिसमाथि आ’क्र’म’ण गर्ने चितुवा मा’रिएको छ। रेसुङ्गा नगरपालिका-६ बिन्तीचौरमा आइतबार बिहान करिब साढे ६ बजे चितुवाले मानिसमाथि आ’क्र’म’ण गरेको थियो।

पोथी चितुवाको आ’क्र’म’णबाट स्थानीय अन्दाजी ३० वर्षीय यमबहादुर कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले जानकारी दिए। उनका अनुसार चितुवा राती कुँवरको कुखुरा फार्ममा पसेको थियो। चितुवाले फार्ममा भएका ४५ वटा कुखुरासमेत मा’रेको छ।

बिहान कुखुरा फार्ममा पुगेका कुँवरमाथि एक्कासी चितुवाले झ’म्टि’एको उनले बताए। ‘यसबहादुरमाथि झ’म्टिँ’दा ढा’ड, हात र अनुहारमा अलि चो’ट लागेको छ,’ उनले भने,‘दाइलाई चितुवाले आ’क्र’म’ण गरेपछि भाइचाहिँले पछाडिबाट चितुवालाई हि’र्का’एका रहेछन्।

यमबहादुरका २८ वर्षीय भाइ डोमबहादुरले हि’र्का’उँदा केही पर गएर चितुवा म’रेको प्रहरीले जनाएको छ। एसपी दाहालका अनुसार अधबैंसे चितुवा एक मिटर ६६ सेन्टिमिटरको छ। चितुवा अन्दाजी ३० किलोको छ। घाइते भएका यमबहादुरको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ।

उनी ख’त’रामु’क्त भइसके पनि रिफ’र गर्ने तयारी रहेको एसपी दाहालले बताए। घटनापछि डिभिजन वन कार्यालयको टोली पनि घटनास्थल पुगेको थियो। चितुवाको मु’चु’ल्का गरी उठाएको वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए। उनका अनुसार चितुवामा पनि केही चो”ट लागेको छ।

बाहिरी चो”ट भन्दा पनि भित्री चोटले चितुवा म’रेको हो कि भन्ने आशंका गरिएको छ। ‘यसलाई मानिसले नै मा”रेको भन्दा पनि द्व”न्द्वमा मा”रिएको भन्न पर्छ। चितुवाको मृ”त्युको कारण थाहा भइसकेको हुँदा पो’ष्टमर्ट’म गर्दैनौं,’ उनले भने। डिभिजन वन कार्यालयले यसको व्यवस्थापन गर्ने तयारी समेत थालेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post