बाजुरामा एक पुरुषले आफ्नै श्रीमतीमाथि बलात्कार भइरहेको यस्तो अवस्थामा देखेपछि…

बाजुरामा एक ७० वर्षीया महिला बलात्कृत भएकी छन्। बुढीगंगा नगरपालिका ६ बस्ने ४० वर्षीय बिष्णु भारतीले महिलामाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

हिजो (बुधबार) बोल्न र हिड्नसमेत नसक्ने ती वृद्धा महिलामाथि बलात्कार भएको उजुरी आएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गिन्द्र बोगटीका अनुसार बलात्कार आरोप लागेका बिष्णु भारती प्रहरी नियन्त्रणमा छन्।

हिजो राति ती महिलामाथि बलात्कार भइरहेको उनका श्रीमानले देखेपछि घटना सार्वजनिक भएको हो। बिष्णु भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाका श्रीमानले देखेका थिए। उनले देखेपछि भारती झ्यालबाट हाम फालेर भाग्न खोज्दा लडेर घाईते भएका थिए।

नग्न अवस्थामा झ्यालबाट हाम फालेर भाग्न खोज्दा घाईते भएका भारतीलाई प्रहरीले उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा ल्याएको छ।

भारतीलाई यसअघि उपचारको लागि बयलपाटा अस्पताल अछाम पठाएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post