चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन

काठमाडौं । चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

उनलाई अगस्ट १० मा हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेपछि २१ सेप्टेम्बरमा उनले अन्तिम सास फेरे ।बीबीसीको एम्स स्रोतले राजु श्रीवास्तवको मृत्यु भएको पुष्टि गरेको छ ।

राजु श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए । राजु श्रीवास्तवका परिवारका सदस्य उनको स्वास्थ्यमा सुधारको पर्खाइमा थिए तर त्यसो भएन ।

राजु श्रीवास्तवकी श्रीमती शिखा र उनका दुई सन्तान छन् ।राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए। उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदानी अठन्नी खर्चा रुपैया’ जस्ता चलचित्रमा पनि साना भूमिका खेलेका थिए । राजु श्रीवास्तव सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा सहभागी भएर चर्चामा आएका थिए ।

राजु श्रीवास्तव सन् १९८० को दशकदेखि मनोरञ्जन क्षेत्रमा थिए । तर सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ पछि उनको लोकप्रियता रोकिएन । गजोधर भैयाको भूमिकामा उनी निकै चर्चित भए । राजु श्रीवास्तव सामान्य भारतीयको जीवनबाट ती पक्षहरू उठाउँथे, जसमा सबै हाँस्न बाध्य थिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post