सिन्धुलीका युवाले प्रहरी हो भन्दै लुटपाट गरेपछि….

सिन्धुली– काठमाडौँमा नक्कली प्रहरी बनेर लुटपाट गर्नेे सिन्धुलीको मरिण गाउँपालिका ३ का देव लामा पक्राउ परेका छन् ।

काठमाडौँको ठमेलमा संचालित ओरियण्टल मनी एक्सचेन्जका कर्मचारीलाई आफूहरु प्रहरी हो भन्दै लुटपाट गर्ने लामासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत २२ गते राती ७ बजेको समयमा मनी एक्सचेन्ज पसल बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्यांकी नजिकै पुग्दा ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले आफूहरू प्रहरी भएको।

बताई जवरजस्ती मोटरसाइकलमा राखी म्हैपी, सोहखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गरी साथमा रहेको नगद तीस लाख २३ हजार २०८ रुपैँया, आईफोन मोबाईल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटेर फरार भएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सो घटनाको अनुसन्धान गर्ने क्रममा योगेन्द्र तामाङ समेत ३ जनालाई कार्यालयको विशेष अनुसन्धान टोलीले बुधबार काठमाडौँ कपनबाट घटनामा प्रयोग गरेका मोटरसाइकलसहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः

अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि बिहिबार जिल्ला प्रहरी परिसर, टेकु पठाईएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३० वर्षिया लामा सहित भोजपुरको रामप्रसाद राई गाउँपालिका १ नम्बर स्थायी ठेगाना भई हाल भक्तपुरको लोकन्थली बस्ने योगेन्द्र तामाङ र रामेछापको सुनापाती गाउँपालिका १ नम्बर वडा स्थायी घर भई कपन बस्ने मिन बहादुर तितुङ (रोहित) रहेको प्रहरीले जानकारी दिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post