ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै जनकपुरमा ११ जना पक्राउ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जनालाई पक्राउ गरेको छ।

जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखा उन खोजेको आ,रोप उनीहरूमाथि छ।कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइए को प्रहरीले जनाएको छ।

११ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरू को नाम भने प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले कालो झन्डालिएर बाटोमा बसेका युवाहरूलाई पक्राउ गरिएको बताए।

प्रहरी स्रोतका अनुसार ती युवाहरू नागरिकताविहीन छन्। संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणी करणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ।

तर एमालेको विरोधका बीच नागरिकता विधेयक प्रमाणी करणमा ढिलाइ भइरहेको आरोप लगाउँदै युवाहरू,,ले कालो झन्डा देखाउन खोजेका थिए।

ओलीले आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभामा बोल्ने कार्यक्रम छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post