उदयपुरबाट चार जना पक्राउ गरे छन यस्तो गर्नै नहुने काम

उदयपुरमा किराना पसलको गोदाम बाट बिभिन्न उपभोग्य बस्तु चोरी गरेको आरो पमा चार जना पक्रा,उ परेका छन् । जिल्लाको कटारी बजारमा रहेको गोदामबाट चोरी गरीबाहीर ल्याएर सस्तो मूल्यमा बेच्दै गरेको अव स्थामा उनी हरु समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालि का वडा नम्बर ४ स्थित सन्जु दासको किराना पसलबाट सामान चोरी भएको थियो ।सोही पसलमा काम गर्ने खोटाङको हलेसी तुवाचुङ नग रपालिका वडा नम्बर १ स्थायी घर भएका २९ वर्षीय दुशन मगरसहित अन्य तीन जनाको संलग्नता देखिएको छ ।

चोरी भएको पसलका कामदार दुशनसँगै उद यपुर कटारी नगरपालिका वडा नम्बर ९ बस्ने २१ वर्षीय दैलेश कार्की, सिरहा सुखिपुर नगर पालिका ६ का २४ वर्षीय सुसान्त साह रखोटाङ रावाबेसी गाँउपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय यादब खड्कालाई उदयपुर प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु जिल्लाको त्रियुगा नगरपालिका ७ मा रहेको मुर्कुची बजारबाट नियन्त्रणमा परेका थिए ।सञ्चालक दासका अनुसार किराना पसलको गोदामबाट पटक पटक चामल, चिउरा, दाल, खानेतेल, साबुन बिभिन्न ब्राण्डका बिस्कुटल गायत अन्य किराना सामानहरु चोरी हुँदै आए को थियो ।

घटनापछि संकास्पद व्यक्तिहरुको खोजी गर्दै जानेक्रममा गोदामबाट चोरेर लगेको सामान अन्य स्थानमा स्टोर गरी प्र.२-०१-००१ च ०२९२ नम्बरको भ्यानबाट सस्तो मूल्य मा बिक्री गर्दै आएको अवस्थामा चारैजनालाई प,क्राउ गरिएको हो ।

मुर्कुची बजारबाट चोरी भएको सामान र भ्यानसहित भेटिएका उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ ।

प्रहरीका अनुसार समातिएका चारै जनाबिरुद्ध चोरी मुद्धामा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post