बालेनविरुद्ध एमाले कार्यकर्ता सडकमा, ‘हप्ता’ उठाउन नपाएपछि आन्दोलन गरेको आरोप

काठमाडौं – अवैध संरचना भत्काउने काठमाडौँ महान गरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् ।

काठमाडौँ महानगरविरुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा व्यापारीहरू आज आन्दोलनमा उत्रिएका हुन् ।मेयर बालेन साहले महानगरभित्र फुटपाथमा व्यापार गर्न रोक लगाएपछि त्यसको विरोधमा उत्रिएका व्यापारीहरूलेनाराजुलुससहित काठमाडौं महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

आज बिहान सवा ११ बजे सुन्धाराबाट निस्केको जुलुस शहीद गेट हुँदै महानगर अगाडि पुगी कोणसभा गरिएको छ ।जिफन्ट अध्यक्ष माया गुरुङको नेतृत्वमा सडकमा आएका प्रदर्शनकारी ब्यापारीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरविरुद्ध चर्को नाराबा जी गरेका थिए ।

उनीहरुले ‘हामीलाई गरिखान देऊ’, ‘स्वरोजगार श्रमको सम्मान गर’, ‘कि विकल्प देउ कि रोजगार देउ’, ‘हामीलाई बाच्न देउ’ लगायत नारा लगाए ।

यता, आन्दोलनलाई लिएर सामाजिक सञ्जाल मा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । फुटपाथमा व्यापारीसँग हप्ता उठाउन नपाएर दलका नेताले आन्दोलन गराएको आरोप सञ्जाल प्रयोगकर्ताहरुको छ ।

पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा सडकमा आएको भन्दै एक जना सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘फुटपाथमा व्यापार गर्न नपाएको झोकमा आन्दोलन !

हप्ता उठाएर खान पल्केका हरेक पार्टीका गुण्डा नाइकेहरु को निर्देशनमा कपुतहरु सडकमा । अनि कहिले बन्छ सुन्दर र सभ्य शहर ।

यसअघि बानेश्वरको अल्फाबिटा हाउसको अवैध संरचना हटाउन पुगेका मेयर बालेन र त्यहाँका सञ्चालकबीचको भनाभनको घटनामा पनि केही राजनीतिक दलका नेता महानगरविरुद्ध उत्रिएका थिए ।

ठूला व्यापारीसँग गुप्त आर्थिक सम्बन्ध भएकै कारण ति नेता अल्फाबिटाको पक्षमा ज्यान फालेर लागेको कतिपय ले त्यतिबेला पनि टिप्पणी गरेका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post