बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँ,डीएको अवस्थामा श,व फेला परेको घ,टनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ ।
निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको श,व फेला परेपछि घ,टनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको श,व बुधबार टाउको चु,डिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो ।
खोलामा माछा मा,र्न गएका स्थानियले बुधबार विहान करिव १० वजेतिर खोलाको विच भागमा ढुँगामा अ,ड्किएको अवस्थामा श,व देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
मृ,तक युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले ह,त्या गरेर खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए।
तर मेलामा भने उनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् । जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको श,व फेला परेको हो ।उनका दाँया हातमा ट्याटु लेखिएकोले टाउको नभएपनि श,व पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए ।
मृ’तक विकको १८ महिने छोरी र श्रीमती छन् । विकको ह,त्या वा अन्य केहि कारणले मृ,त्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए ।साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा राखिएको थियो ।
सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा।
छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए ।वकको श,व पो,ष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पो,ष्टमार्टमको रि,पोर्ट भने केहि दिनमा आउने प्रहरीले बताएको छ ।