पल शाहको मुद्धामा पेशी तोकियोः धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे

काठमाडौं । बलात्कारको अभियोगमा हाल थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको पेशी तोकिएको छ। जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि पेशी तोकेको हो ।

पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएको थियो ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्धामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्धा लडनेछन वा थुनामा नै रहेर उक्त मुद्धा लडनेछन, त्यसको छिनोफानो अर्को साता हुनेछ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post