विराटनगरमा एक वृद्धा महिला र एक पुरुषको शव यस्तो अवस्थामा फेला

विराटनगर : दुर्घटनामा परेर र करेन्ट लागेर विराटनगरमा बिहीबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना वृद्धा महिला र एक पुरुष छन्।

कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले बिहान ८:४० बजेतिर ठक्कर दिँदा सडक क्रस गर्दै गरेकी वृद्धा महिलाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीया हिमा निरौलाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बिहान ११:४० बजेतिर मृत्यु भएको हो। दुर्घटनामा अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३८ वर्षीय गौरब कुरुम्वाङ पनि सामान्य घाइते भएका छन्। चालकको विराटमै उपचार भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post