आफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गु”माएकी छन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए ।
चौबिस घण्टासम्म जंगलमा अलप”त्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा क’ठ्यांग्रिएर मृ”त्यु भएको आफन्तजनले बतााएका छन् ।शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा ग”म्भीर अवस्थामा भेटिएकी थिइन् ।
उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै मृ”त्यु भएको उनका काका गौतम बोहोराले जानकारी दिए ।धवलागिरि अस्पतालले मृ”त्यु घोषणा गरेको थियो । त्यसअघि उनलाई बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा लगिएको थियो ।
स्वास्थ्यकर्मीले अवस्था ग”म्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । ‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो।
काका गौतमले भने, ‘अस्पताल पुर्याएको केही समयमै डाक्टरले मृ’त घोषणा गरे । उद्धारमा पुगेका बेनी–१ का वडासदस्य ताराप्रसाद थापाले गाउँलेले बच्चा रोएको सुनेपछि बालिका फेला परेको सुनाए ।
परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको बाध्यता थियो । तर, माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो।
अफसोच त्यही भइदियो । बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमा”उनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ ।