चेक बाउन्ससम्बन्धी मुद्दामा फरार बागलुङको तारा खोला गाउँपालिका-१ स्थायी घर भई पोखरा महानगर पालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन यसरी झाडीमा लुकेको अवस्थामा पक्राउ परेकी छन्।
उनलाई अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारी बाट पक्राउ गरिएको हो।
अन्य समाचार / खोटाङ – हलेसी तुवाचुङ नगरपा लिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन ।
डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँ बाट पानी भरेर २० मिनेटको उक्कालो छिचोल्नु युकेश को बाध्यता हो । युकेशले डोकामा बोकेको पानी आठ जनाको परिवारले उपभोग गर्छन् । युकेश जस्तै त्यस गाउँका अधिकांश बालबालिकाको दैनिकी स्कुल जानु भन्दा अगाडि पानी बोक्नेमा बित्छ ।
घरका अभिभावक खेतीपातीको काममा जाने र बालबालिकाले पानीको जोहो गर्नु कोटगैराका बालबालिकाको दैनिकी हो ।उसो त त्यही वडाको राँभुवासीले पनि पुस्तौँदेखि पानी को सास्ती खेप्दै आएका छन् । स्थानीयवासी ५९ वर्षीय अमृतबहादुर राईका अनुसार यस क्षेत्रका अधि कांशले दुई÷तीन घण्टाको बाटो पानीकै लागि धाउनुपर्ने अवस्था छ ।
पानीका मुहान सुक्दै जानु र निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा यो कष्ट झेल्नु परेको उनको भनाइ छ । यस क्षेत्रमा प्राकृतिक विपत्ति आइपरेको र यसले पानीको मुहानमा पनि समस्या पैदा गरेको राईले सुनाए । ‘विसं २०४१ मा बाढी पहिरो आयो । त्यतिखेर पानी को मुहान फुट्यो । विसं २०४५ को भूकम्पले फेरि पानीको मुहान सुक्यो’, राईले भने, ‘फेरि २०७२ साल को भूकम्पले त सुक्खाराम बनायो ।
यो ठाउँमा पानी आपूर्तिका लागि सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आयोजनाको काम अपूरै छ । दूधकोसीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा छ ।