सिन्धुलीमा एक जनाको शव यस्तो अवस्थामा फेला

सिन्धुली – सिन्धुलीको कमलाखोलाले बगाएको तीनपाटन ६ का २६ वर्षिय भोज बहादुर मसाङग्री मगरको शव फेला परेको छ ।

मंगलबार साथिहरु संग कमलाखोलामा माच्छा मार्न गएका मगरलाई कमलाखोलाले बगाएको थियो । धनुषा बाहुनमारा बस्दै आएका मगर साथीहरुसंग कमलाखोलामा माच्छा मार्न गएका थिए ।

बुधबार कमलामाई ९ अमाह स्थीत कमलाखोलामा मगरको शव भेटिएको हो । मगरको शव पोष्टमाटम गरि आज बुधबार नै आफन्तलाई बुझाईएको सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post