माया मारेर घर पठाएको शिशुलाई एक महिनापछि अस्पतालमा देख्दा….

शिशु नबाँचेपछि मृतकका आफन्तले पिट्न खोजेको क्षण सम्झँदा अहिले पनि बाल शल्य चिकित्सक डा. रमना राजकर्णीकार (शिल्पकार)को मन कटक्क खान्छ।

घटना करिब चार वर्ष अघि कान्ति बाल अस्पताल पुर्‍याइएका एक शिशुको स्वास्थ्य परीक्षण गर्दा आन्द्रा राम्रोसँग नचलेको अर्थात् ‘इन्टेष्टिनल अब्स्ट्रक्शन’ भएको थाहा भयो। आन्द्रामा नसाको कमी भएका कारण शिशुको तीन पटक शल्यक्रिया भइसकेको थियो।

शिशुको आन्द्रा नै नचलेकाले चौथोपटक शल्यक्रिया नै गर्नुपर्ने भयो। एकपटक शल्यक्रिया गरेपछि आन्द्रा अड्किएर नचल्ने समस्या निम्तने जोखिम हुने डा. रमनाले बताइन्। शिशुमा पनि त्यहि समस्या देखियो।

खबर पाउनासाथ दौड्दै शिशु भएको वार्डमा पुगिन् डा. रमना। शिशुको उपचारका लागि चिकित्सकको टिम जम्मा भयो। तर, ति शिशुको श्वासप्रश्वासमानै अवरोध भएकाले तुरुन्तै सिपिआर गरियो। शरीरमा संक्रमण फैलिएर स्वास्थ्य जटिलता निम्तिई मुटुको चाल नै रोकिएछ।

शिशुलाई श्वास फेराउनका लागि चिकित्सकको टिमले निक्कै मेहनत गर्‍यो। अथक प्रयास गर्दा पनि डा. रमनाको टिमको केही चलेन। उपचार गर्दागर्दै शिशुको मृत्यु भयो।

तीन पटकसम्म शल्यक्रिया गर्दा बचाएको शिशु चौथो पटक शल्यक्रिया गर्ने तयारी गरिरहँदा मृत्यु भएको त्यो घटनाले चिकित्सकको टिम त निरास भयो नै, शिशुका बुवाआमाको मन कस्तो भयो होला!

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post