काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ चिरौडी पुलमा मार्बल बोकेको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आज ०२५च ७८७२, धादिङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।
मृत्यु हुनेमा धादिङको जमलुखी–१ गाउँपालिकाका ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारपछि प्रहरी हिरासतमा राखिएको इन्स्पेक्टर थापाले जानकारी दिए ।