
चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
बोर्डको अध्यक्ष हुनका लागि उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
पौडेलका अनुसार उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ।साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।सेेतो पााटी बााट