विदेश हिडेका ५ जना एयरपोर्टबाटै रुँदै फर्किए, यस्तो छ कारण !

काठमाडौं : सिंगापुर हिँडेका पाँच जनालाई त्रिअबि अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भिजिट भिसामा थाइल्यान्ड हुँदै सिंगापुर हिँडेका पाल्पाका मनिष बहादुर लामिछाने,

झापाका जनक अधिकारी र कृष्ण चौधरी, रुपन्देहीका चन्द्रबहादुर बगाले र गुल्मीका इन्द्रबहादुर बिस्टलाई अफलोड गरेको अध्यागमन कार्यालयले जनाएको छ।भिजिट भिसामा सिंगापुर हिँडेका उनीहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेको अध्यागमनका कर्मचारीहरुले बताएका छन्।

भिजिट भिसामा सिंगापुर जान लाग्नुभएका उहाँहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न सक्नुभएन।सम्बन्धित कागजात पनि पेस गर्न सक्नुभएन। जसका कारण प्रस्थान अनुमति दिइएन,’ एक कर्मचारीले भने।

आजमात्रै छ जना भुटानीलाई ‘डीपोर्ट’ गरिएको थियो। ट्राभल डकुमेन्टमा नेपाल आएका उनीहरुलाई अध्यागमन कार्यालयले थिम्पु नै पठाएको थियो। लगत्तै भुटानको परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ट्राभल डकुमेन्टमा नेपाल यात्रा नगर्न आग्रह गरेको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post