आज (बुधबार) ह्वात्तै घट्यो सुनको मूल्य हेर्नुहोस तोलाको कती

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ तोकिएको छ।

मंगलबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३० रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post