शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा खरिद-बिक्री भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।