
कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएकाे छ ।आज बिहान करिब ९ बजे बाणगंगा-२ पिपराको मेचकुरीबाट लखन चोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिंदा २ जनाको मृत्यु भएकाे हाे ।
लु ६४ प ५७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु केसीका अनुसार मोटरसाईकल चालक बाणगंगा नगरपालिका वडा नम्बर २ निवासी २५ वर्षीय रमेश बिक र २७ वर्षीय गोपाल बिकको मृत्यु भएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।साेही घटनाकाे विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।