रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् ।तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोटे होटलको कोठामा र’ह’स्यमय रुपमा एक जोडी मृत फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।
श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ’ प्रहरी निरीक्षक घिमिरेले भने ‘युवती उ ‘त्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झु ‘ण्डि ‘एको अवस्थामा मृ’त फेला परेका छन् ।
तन्न र टावेलमा र ‘ग त पोतिएको देखिँदा युवतीको ह ‘त्या गरी आफूले आ ‘त्म ह ‘त्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।
उनीहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।