पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फु,टेको छ ।
दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।
कक्षा ५ मा अध्ययनरत बालक निखिल कोहारलाई कक्षाकोठामा पिटेर बालकको कानको जाली फुटेपछि बालकलाई अस्पताल भर्ना गरिएको बालकका बुवा गङ्गाप्रसाद कहारले बताउनुभयो ।
करिब एक महिना पहिले कक्षा ५ मा अध्यनरत १२ वर्षीय बालक कोहारलाई शिक्षक सिद्धकीले गृहकार्य नगरेको भन्दै कानमा लाग्नेगरी चार झापड हिर्काएपछि बालकको कानबाट रगत आएको थियो ।
बालकलाई शिक्षकले पि,टेर कानबाट रगत आएको खबर पाएपछि बालकका बुवा गङ्गाप्रसाद कोहार विद्यालय पुगी बालकलाई घर ल्याउनुभएको थियो ।विद्यालय प्रशासनले बालकको कानबाट रगत आउँदा सामान्य उपचार पनि नगरी बालकलाई दिनभरि विद्यालयमा राखेको अभिभावक कोहारले गुनासो गर्नुभयो ।
सामान्य होला भन्दै स्थानीय मेडिकलमा उपचार गरिरहँदा बालकको कानमा चर्को दुखाइ र रगत पिप आउने क्रम नरोकिएपछि बुधवार बालकलाई बुटवलस्थित तिनाहुँ इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको बालकका ठूला बुवा रामजी कोहारले बताउनुभयो ।
शिक्षकको पिटाइबाट घाइते भएको बालकको बायाँतर्फको कानको जाली फुटेको चिकित्सकले बताएका छन् । विद्यालय प्रशासनले कोहार परिवारका चार जना बालबालिकालाई विद्यालयबाट निस्कासन गरेको पीडित बालकका अभिभावकको आरोप छ ।
तर विद्यालयबाट कुनै पनि विद्यार्थीलाई ननिकालिएको हिलेरियस चिल्डे«न एकेडमीका प्रधानाध्यापक जनार्दन ठाकुरले बताउनुभयो ।