काजाकिस्तानमा एक १७ वर्षीय किशोरीको अपरहण गरी सामूहिक बलात्कार भएको छ। क्याब ड्राइभर ती किशोरीलाई झुक्याएर अञ्जान ठाउँमा लगेका थिए जहाँ उनका साथीहरुले किशोरीको सामूहिक बलात्कार गरेका थिए।
डेली मेलका अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा थिइन्। १७ जनाले उनको पटकपटक बलात्कार गरेको र कुटपिट गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। पीडितले रोक्न खोज्दा उनलाई जदीमा डुबाएर मार्ने धम्की दिएको पनि खुलासा भएको छ।
पीडित किशोरीका अनुसार उनी सामान किनेर बजारबाट घर जाँदै थिइन्। त्यसबेला उनलाई क्याब ड्राइभर धोका दिएर नसालु पदार्थ मिलाएका थिए। उनको होस आउँदा उनी अञ्जान नदी किनारमा पुगेकी थिइन् र उनको शरिरमा कुनै कपडा थिएन। उनको वरीपरी पुरुष नै पुरुष थिए।