त्रिभुवन विमानस्थलबाट समातिए युवक ! पक्राउ परेपछी उनले दिएको बयानले प्रहरीनै चकित

पछिल्लो केही दिनयता विदेशबाट विभिन्न तरिका अपनाएर नेपालमा सुन तस्करी हुने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर।

हुने सुन तस्करीका केही घटनामा प्रहरी र भन्सार विभागले सफलता पनि पाउने गरेको छ।त्यस्तै, आज बिहान विमानस्थल हुँदै नौलो तरिकाबाट अवैध रुपमा सुन ल्याउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवकले बालबालिकाले लगाउने कपडाको बटममा सुन लुकाएर ल्याएको देखिएको छ।

ती यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ सुनको बटन ल्याइएको पाइएको हो ।

त्यसमा राखिएको ६० वटा सुनका रिङ् फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको छ । सुनसहित आएका यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको भन्सार अधिकृत महेश भट्टराइले जानकारी दिए । त्यसरी नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम रहेको छ ।

सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिसामा दुबई गएका थिए । तर, रोजगारी नपाएपछि नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले उक्त सुन दिएको ती यात्रुको भनाइ छ । ‘आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्याइदिन अनुरोध गरेकाले बोकेर आएको हुँ,’ ती यात्रुले भने ।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाइछिपाइ ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने कार्यालयको आशंका छ ।

यद्यपी यस कार्यमा हाल नियन्त्रणमा रहेका यात्रु सुमनको मात्र संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने बताइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post