गल्छिमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

धादिङमा बसले मोटरसा इकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।गल्छी गाउँपालिका-८।

कोल्पुखोलामा बा.४ ख ९२९६ नम्बरको बसले बा.५६ प २४९६ नम्बरको मोटर साइक ललाई शनिबार दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका-१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनकोउपचारको लागि अम्बेभरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post