काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (हेर्नुहोस्)


काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरी ले लछारपछार गरेको छ। शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडि ओ अहिले

सामाजिक सञ्जालमा चर्चामा छ।पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलालेनगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारप छार गरेका छन्।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न नपाउने बताएको थियो।निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post