युवतीलाई क्यानडा र अष्ट्रेलिया पठाइदिन्छु भन्दै…

काठमाडौं– विभिन्न व्यक्तिलाई क्यानडा, अस्टेलिया लगायत देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका–१४ हाँडीगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की छन्। कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश राज मैनालीका अनुसार कार्कीले क्यानडा र अस्टेलिया पठाइदिन्छु भन्दै २ महिलाबाट लाखौं रकम ठगी गरेको उजुरी परेको छ।

कास्कीको पोखरा महानगरपालिका–१६ बिरौटा बस्ने २२ वर्षीया एक महिलालाई क्यानडा पठाइदिन्छु भन्दै कार्कीले ११ लाख ७१ हजार रुपैयाँ लिएको प्रहरीले जानकारी दिउको छ। यस्तै, काठमाडौंको पेप्सीकोला बस्ने २८ वर्षकी अर्की एक महिलालाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै उनले ९ लाख ७५ हजार रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ।

कार्कीले यी र यस्तै घटनामा अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ। कार्कीबाट पीडित व्यक्तिलाई सम्पर्कमा आउन पनि प्रहरी परिसर काठमाडौंले आग्रह गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post