काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।