बालाजुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृ'त्यु

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ'त्यु भएको छ। नागार्जुन नगरपालिका-१

रानीवनका २८ वर्षीय रोमन थापा मगरको मृ'त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार शनिबार दिउँसो बालाजुको गंगा हल सडक खण्डमा दुर्घटना भएको हो। तारकेश्वर यातायातको पैयुटारबाट रत्नपार्क चल्ने बा ५ ख २८७२ नम्बरको बसले बा ७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। उनको उपचारको क्रममा मृ'त्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। चालक गाडीसहित प्रहरी वृत्त बालाजुको नियन्त्रणमा लिएको जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post