पहिरोले घर पुरिँदा अछाममा तीन जनाको ज्यान गयो



काठमाण्डाै - पहिरोले घर पुरिँदा अछाममा तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ ।एक जना घाइते भएका खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो : ‘गएराति १ बजेतिर पहिरोले पुरेको खबर आएको थियो । त्यसपछि पटक-पटक प्रयास गर्दा पनि त्यहाँ फोन लाग्न सकेको छैन, दुर्गम क्षेत्र भएकाले सम्पर्क हुन कठिन भइरहेको छ, राति नै प्रहरीको टोली त्यसतर्फ हिँडे पनि अझै पुग्न सकेको छैन ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको हो । स्थानीय निरक शाहीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ भने अर्का एक जना घाइते भएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post