दाजुको मृ,त्युपछि भाउजूसँग बिबाह ! ५ वर्ष नपुग्दै…

मोरङको रङ्गेलीमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका-१

बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ ।प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ’ उनले भने । आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जना मात्र बसोबास गर्थे । बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ । पक्राउ परेका तिल्काले खाना खाने समय राति ९ः४५ बजेतिर पत्नीसँग विवाद भएको बताएका छन् ।

सोही क्रममा एक्कासी घरमा आगो लागेको देखिएकाले प्रहरीले अनुसन्धान थालेको हो । आगो निभाउनुको साटो तिल्का केही पर भागेकाले पनि घटना शंकास्पद देखिएको डीएसपी श्रेष्ठले बताएका छन् । आफ्ना दाजु जगदीशको मृत्यु भएपछि तिल्काले नातामा भाउजू पर्ने बबितासँग पाँच वर्षअघि विवाह गरेका थिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post