बाढीका कारण १६ को मृत्यु, ४० बेपत्ता !

काठमाण्डौं : भारत प्रशासित कश्मीरको अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृ त्यु भएको छ । साथै अरु दर्जनौं मानिस हराइरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अधिकारीहरूका अनुसार अमरनाथ गुफास्थित हिन्दु तीर्थस्थलमा यस्तो घ ट ना भएको हो । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

वार्षिक रुपमा मेला लाग्ने उक्त पहाडी गुफामा पूजा गर्नका लागि करिब १० हजार तीर्थयात्रीहरू जम्मा भएका थिए । बाढीपछि उ द्धा रका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

बाढीमा कम्तीमा ४० जना हराइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १६ जनाको श व भेटिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाका कारण आफू दुखी बनेको प्रतिक्रिया दिएका छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि अमरनाथ तीर्थयात्रा जुन ३० मा सुरु भएको हो । जहाँ १० हजार जति तीर्थयात्रीहरू त्यसअघि नै उक्त गुफा भएको क्षेत्रमा पुगिसकेका थिए ।

यस क्षेत्रमा हरेक वर्ष यसै समयमा हिन्दुहरूले भगवान शिवको अवतारको रुपमा प्राकृतिक रुपमा बनेको पहाडी गुफामा पूजा गर्ने गर्छन् । ४५ दिनसम्म चल्ने यस तीर्थयात्रामा भारतका विभिन्न स्थानबाट तीर्थयात्रीहरू पुग्ने गर्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post