दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरीरहेका छन् ।

कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई ठक्कर दिएको थियो ।दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

Post a Comment

Previous Post Next Post