बाटोमा ठूलो रुख ढलेर गाडी र स्कुटरलाई च्याप्दा तीन जनाको मृ'त्यु

भक्तपुरको सल्लाघारीमा रूख ढल्दा च्याप्दा तीनजनाको मृत्यु भएको छ। घटनामा परी एक दर्जन भन्दा वढी घाइते भएको अनुमान छ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एकजनाको मृत्यु भएको हो।

ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीनजनाको मृत्यु र एक दर्जन भन्दा वढी घाइते भएका छन्। उनका अनुसारा मृतक र घाइतेहरुको नाम आउन बाँंकी नै छ।

काठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्वरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए। उनका अनुसार गाडीमा सवै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए।

पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए। घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ। घटना दिउँंसो १२ बजेतिर भएको बताइएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post