भरतपुरमा एक पुरुषको शव फेला परेको छ ।(बिहीबार) बिहान भरतपुर महानगरपालिका १ स्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरी नजिक।
अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । चिकित्सालयको मुख्य प्रवेशद्धार छेउमा बन्दै गरेको पर्खालको बाहिर उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शव कसको भनी पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोष्ट्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । शवको सनाखत हुन नसकेको भन्दै उक्त व्यक्तिलाई कसैले चिने प्रहरीलाई वा उनको आन्फतलाई जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ