कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालक शुसिलको मृत्यु,१७ वर्षीया कुस्मा घाइते

कपिलबस्तुको बुद्धभुमी नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक किशोरी घाइते भएकी छन् ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमै उपचार भइरहेको छ ।

ना ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ ठक्कर दिएको थियो ।दुबै सवारी साधन सहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।बागलुङ-तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७

रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् । उक्त स्थानमा तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चियाखेती थालिएको हो । पहिलो वर्ष लगाएको चियाको बोट काटछाँट गरेर टिप्नका लागि तयारी अवस्थामा छन् ।

रेशलाई चिया उत्पादनको ‘हब’ बनाउनका लागि चियामात्रै होइन, बिरुवासमेत उत्पादन गर्ने योजना वडा कार्यालयको छ । रेशले एक वर्षभित्र चियामात्रै होइन, चियाका बिरुवासमेत निर्यात गर्ने काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।“

रेशमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा समेत समावेश छ, बिरुवा लगाउनका लागि यही परियोजनाले सहयोगसमेत गरेको छ”, उहाँले भन्नुभयो, “तीन वर्षमै उत्पादनको चरणमा आउला भन्ने सोचेकै थिएनौँ, अहिले पहिलोपटक लगाएका १० हजार चियाका बोटले उत्पादन दिन थालेका छन्,।

हामीले रेशमै ग्रिन चिया उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिएका छौँ भने चिया प्रशोधन औजारसमेत आइसकेको छ, हामीले प्राविधिकको आवश्यक परामर्शपछि चिया टिपेर प्रशोधन गर्न थाल्नेछौँ”, वडाध्यक्ष लामिछानेले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँमार्फत चियाका बिरुवा उत्पादनका लागि नर्सरीसमेत तयार भइसकेको बताउनुभयो ।

अहिले चिया प्रशोधन केन्द्र स्थापना र बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापन भने स्थानीय रेश साना किसान कृषि सहकारीमार्फत भइरहेको छ ।

चियाका मुना तयार भइसकेको र चिया प्राविधिकको सल्लाहमा पहिलोपटक परीक्षणका लागि चिया टिपेर प्रशोधन गर्ने रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले जिल्लामा पहिलोपटक चिया उत्पादन गर्ने तयारीमा आफूहरू रहेको बताउँदै आगमी वर्षदेखि थप चियाका बोटले समेत उत्पादन दिँदै जाने बताउनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post