
काठमाडौँ — नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसा यीहरुका सामान उठाउन थालेपछि उनीहरूले मेयर बालेन विरुद्ध नाराबाजी गरेका हुन् ।
अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू जम्मा भएर केही बेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारीहरू आन्दोलित बनेका हुन् ।