अर्घाखाँचीमा ३ जना प्रकाउ गरे छन् यस्तो गर्नै नहुने काम

अर्घाखाँची जिल्लामा लागू औषध ब्राउन सुगर सहित ३ जना प्रकाउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ११ गते दाङ राप्ती गाउँपालिका वडा नं.।

१ बस्ने २८ वर्षका सन्तोष के.सी., २४ वर्षका खुम बहादुर के.सी. र २२ वर्षका रोशन श्रेष्ठले सितगंगा नगरपालिका वडा नं. ८ स्थित सातमारा सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेका छन भन्ने विशैष सूचनाको आधारमा लागू औषध सेवन गरी रहेको अवस्थामा फेला पारी उनिहरुको शरीर खानतलासी गर्दा ६० मिली ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरीएको हो ।

उनिहरुसंग लागू औषध सेवन गर्दा प्रयोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान समेत बरमत गरेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध बरामद गरी श्रावण १२ गते लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post