मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस् : वडाध्यक्ष क्षेत्री

बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्त मा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ ।

वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो म माथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएस पीलाई कडा कारवाही होस्,’ उनले भने ।

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रहरी परिचालन गरिएको थियो ।त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसकोस्वीमिङ पुलमा धकेलिदिएका थिए ।

वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वा चित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

आफू अनुकुल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाण ले गणपूरक संख्या पुग्दा पुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबा रदेखि नगर सभा स्थ गित गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगर सभा दुवैमा एमालेको बहुमत छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post