बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोकिएर मंगलवार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने अस्पतालमा उपचार भइरहेको छ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post