काठमाडौंबाट पूर्वसांसदकी श्रीमती पक्राउ गरेछिन यस्तो गर्नै नहुने काम….

नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्य क्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।

ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।

फरार रहेकी सिर्जनालाई मंगलबार रामशाहपथ, काठमा डौंबाट पक्राउ गरिएको एसपी महतोले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post